PEEDA wishes everyone HAPPY WORLD ENVIRONMENT DAY 2023.

नेपालका ५१% घरधुरीहरुले खाना पकाउनको लागि दाउरा प्रयोग गर्छन र धेरै जसो यी घरधुरीहरुमा आगो सल्काउनको लागि प्लास्टिकको प्रयोग गरिन्छ । प्लास्टिक जलाउदा डाइअक्सिन, फ्युरान्स, मर्करी र पोलिक्लोरिनेटेड बाइफेनाइल जस्ता विषाक्त ग्यासहरू र साना साना श्वास नली सम्मा पुग्ने कणहरु पनि उत्सर्जन हुन्छन ।

यी उत्सर्जनहरूले श्वासप्रश्वाससम्बन्धी रोगहरू र मानव प्रतिरक्षा प्रणाली कम्जोर गर्छ र तिनीहरू सम्भावित रूपमा क्यान्सरजनक हुन्छन् । त्यसैले प्लास्टिक बल्नु हुदैन । त्यतिमात्र नभएर दाउरा जलाउदा पनि स्वास्थ्यलाई हानिकारक हुने धुँवाहरु उत्पन्न हुन्छ, त्यसैले सकेसम्म दाउराको खपत कम गर्नुपर्छ । धुँवा मुक्त भान्छाको लागि आधुनिक विद्युतीय चुलोमा खान पकाउन सकिन्छ ।

#प्लास्टिकजन्य फोहोरलाई निर्मुल पारौ ; प्लास्टिकलाई नजलाउ ।