PPHP Pilot Summary Document, in Nepali (v13)

गरीबमुखी जलविद्युत आयोजना (पी.पी.एच.पी.) भनेको एउटा त्यस्तो परिकल्पना हो जसले ग्रामीण गरीब जनतालाई आफ्नो जल सम्पदाको नाफामुखी स्वामित्व प्रदान गर्न सहजीकरण गर्छ । यसका लागि व्यावसायिक रुपमा नाफा र सामाजिक पर्यावरणीय दृष्टिकोणले स्वीकार्य जलविद्युत आयोजनाको निर्माण तथा संचालनमा स्थानीय समुदायका गरीब व्यक्तिहरुलाई मुख्य रुपमा संलग्न गराई त्यस आयोजनामा उपलव्धिमुलक स्वामित्व प्रदान गर्दछ । उपलव्धिमुलक स्वामित्व भन्नाले त्यस आयोजनाको सेयर आर्जन गरी प्राप्त हुने लाभांस आफ्ना अन्य आय स्रोतसँग तुलनात्मक रुपमा ठिकै हुने बुझिन्छ । यस्तो उपलव्धिमुलक स्वामित्व दुई प्रकारबाट प्राप्त गर्न सकिन्छ । पहिलो, गरीब जनताले सानो आकारको आयोजनामा बहुमत स्वामित्व हाँसिल गरेर ( पूर्ण प्रक्रियारपद्दति) वा दोस्रो, कुनै ठूलो आकारको आयोजनामा सानो हिस्साको मात्र स्वामित्व हाँसिल गरेर ( मिश्रित प्रक्रिया) ।